Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा, चैत ६ गते पुनः सुनुवाइ हुने

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा, चैत ६ गते पुनः सुनुवाइ हुने

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । संवैधानिक पदाधिकारी नियुक्तिको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

५२ संवैधानिक पदाधिकारीहरूविरुद्ध परेको रिट निवेदनमाथि दुई सातापछि फेरि सुनुवाइ हुने भएको हो ।

बुधबारको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले ६ चैतका लागि अर्को पेसी तोकेको छ ।

बुधबारको सुनुवाइ सकिएको छ । बुधबार रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालको तर्फबाट नाम टिपाएका वरिष्ठ अधिवक्ता शम्भु थापा, डा. भीमार्जुन आचार्य, राजुप्रसाद चापागाइँ लगायतले बहस गरेका थिए ।

वरिष्ठ अधिवक्ताहरूले संसदीय सुनुवाइ नगरी संवैधानिक आयोगमा गरिएको नियुक्ति गैरसंवैधानिक रहेकोले बदर हुनुपर्ने जिकिर गरेका थिए ।

वरिष्ठ अधिवक्ता थापाले संवैधानिक नियुक्तिमा संविधानको ठाडो उल्लंघन गरिएकोले नियुक्ति बदर गर्नुपर्ने माग गरे ।

२०७७ सालमा संसदीय सुनुवाइबिना गरिएको नियुक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा पौडेल लगायतले रिट दायर गरेका थिए ।

चार वर्षसम्म अड्किएका ती रिटमाथि सर्वोच्चले सुनुवाइ गरेको हो । यसअघि पहिलो दिनको सुनुवाइमा रिट निवेदक मध्येका ओमप्रकाश अर्याल र डा.चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए।

प्रतिनिधिसभा विघटनपछि २०७७ माघमा ती नियुक्ति भएका थिए । नियुक्तिविरुद्ध प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय लगायतलाई विपक्षी बनाइ विभिन्न १५ वटा रिट परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077