Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

हावाहुरीले त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित, तीनवटा जहाज 'डाइभर्ट' !

हावाहुरीले त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित, तीनवटा जहाज 'डाइभर्ट' !

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण आंशिक प्रभावित बनेको छ ।

बुधबार साँझ चलेको हावाहुरीका कारण करिब दुई घण्टादेखि सबैजसो जहाज उडान र अवतरण नभएका हुन् । केही अन्तर्राष्ट्रीय उडान डाइभर्ट गर्न परेको विमानस्थल कार्यालयले जनाएको छ ।

भारतबाट आएको एयर इन्डिया र इण्डिगो एयरलाइन्सका दुइवटा विमान अवतरण हुन नसकेपछि नयाँ दिल्ली डाइर्भट गरिएको छ।

त्यस्तै चीनबाट आएको चिनिया विमान भैरहवा डाइभर्ट भएको छ । अहिले भने हावाहुरी रोकिएको छ । जसकारण जहाज उडान र अवतरण हुने क्रम सुरू भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077