Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सडकमा चिच्याएर राजतन्त्र फर्किन नसक्ने सिटौलाको ठोकुवा

सडकमा चिच्याएर राजतन्त्र फर्किन नसक्ने सिटौलाको ठोकुवा

बुधवार , फाल्गुण २१, २०८१

कैलाली । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सडकमा चिच्याएर राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने दाबी गरेका छन् ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज धनगढीमा आयोजित राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियानको उद्घाटन गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका उनले यस्तो दाबी गरेका हुन् ।

उनले सडकमा चिच्याएर, कराएर राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने ठोकुवा गरे ।

यस्तै कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार वर्तमान सरकारलाई सन्तुलित ढङ्गले अघि बढाएर लैजानुपर्ने उनले बताए ।

दुई दल मिलेर बनेको सरकारले जनताको इच्छा र चाहनाअनुसार काम गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077