Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मंगलसेनमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो, निमित्तकै भरमा चौरपाटी !

मंगलसेनमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो, निमित्तकै भरमा चौरपाटी !

बिहिवार , फाल्गुण २२, २०८१

अछाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको मंगलसेन नगरपालिकामा प्रमख प्रशासकीय अधिकृतलाई खटाएको छ ।

मन्त्रालयको बुधबारको निर्णयाअनुसार मंगलसेनमा गेहेन्द्र बहादुर डाँगीलाई प्रमख प्रशासकीय अधिकृतको रुपमा खटाइएको हो ।

योसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको जिम्मेवारी रद्ध गरेपछि मंगलसेन नगरपालिकाले डेढ महिनापछि हाकिम पाएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत सोडारीलाई माघ ९ गतेदेखि लागू हुने गरी जिम्मेवारीबाट हटाएको थियो । त्यस यता मंगलसेन नगरपालिकामा आर्थिक तथा प्रशासनिक गतिविधि ठप्प थिए ।

डाँगी यसअघि तुल्सीपुर उपमहानगरपालिका, दाङमा कार्यरत थिए । यता मंगलसेनमा मन्त्रालयले प्रमख प्रशासकीय अधिकृत खटाउँदा चौरपाटी गाउँपालिका भने अझै निमित्तको भरमा छ ।

मंगलसेनका निमित्त प्रमुख प्रशासकीय अधिकृत सोडारीसँगै चौरपाटीका धन बहादुर थापाको पनि जिम्मेवारी खोसिएको थियो । तर त्यसको केही हप्तामै अर्को व्यवस्था नभएसम्मका लागि भन्दै थापालाई जिम्मेवारी दिइएको थियो ।

मंगलसेनमा प्रमख प्रशासकीय अधिकृत खटाइए पनि चौरपाटी भने फेरि निमित्तकै भरमा चल्ने निश्चित भएको छ । यसैगरी अछामकै कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तको भरमा सञ्चालन भएका स्थानीय तहले प्रभावकारी कामसमेत गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077