Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

हमासलाई ट्रम्पको अन्तिम चेतावनी - बन्धक र शव तत्काल रिहा नगरे सबै कुरा सकिन्छ

हमासलाई ट्रम्पको अन्तिम चेतावनी - बन्धक र शव तत्काल रिहा नगरे सबै कुरा सकिन्छ

बिहिवार , फाल्गुण २२, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूको रिहाइको विषयलाई लिएर हमासलाई अन्तिम चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले सबै इजरायली बन्धकहरूको रिहाइ तल्काल नगरे हमासको लागि यो 'अन्तिम चेतावनी' हुने बताएका छन्।

सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले लेखेका छन्, “म इजरायललाई काम सम्पन्न गर्न आवश्यक सबै कुरा पठाउँदै छु । यदि, उनीहरूले मेरो कुरा मानेनन् भने, हमासका एकजना पनि सदस्य सुरक्षित हुने छैनन् ।”

ट्रम्पले बन्धकहरूलाई रिहा नगरे इजरायलले ठूलो मूल्य चुकाउने चेतावनी दिएका छन् । उनले आफ्नो पोस्टमा थप भनेका छन्,

'सबै बन्धकहरूलाई अहिले नै रिहा गर, पछि होइन। मारेकाहरूको शव तुरुन्तै फिर्ता गर नत्र सबै कुरा सकिन्छ। यो अन्तिम चेतावनी हो। हमास नेतृत्वले गाजा छोड्ने समय आएको छ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077