Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : हरि ढकाल

सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : हरि ढकाल

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरूको पक्षपोषणमा लागेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले उक्त आरोप लगाएका हुन्। उनले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको पनि बताए।

सांसद ढकालले भने,‘कति वर्ष भयो घरघरमा ग्यासको पुर्‍याउने भनेको ? मैले मात्र सुनेको हो कि अन्य माननीयज्युले पनि सुन्नुभएको हो । दश वर्षजति त भएछ त ? अनि जसले बिजुली चुलोको नीतिहरु बनाउँदै थियो उसलाई कारबाही गर्न सरकार तयार भएर बसेको छ ।’

व्यवसायी, ढुवानीकर्ता र बिक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए।

उनले सरकार विद्युतीय चुलो ल्याउने नीति बनाइरहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन तयार भएर बसेको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077