Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

राजतन्त्र फर्किने सपना कसैले नदेखे हुन्छ : प्रधानमन्त्री ओली

राजतन्त्र फर्किने सपना कसैले नदेखे हुन्छ : प्रधानमन्त्री ओली

बिहिवार , फाल्गुण २२, २०८१

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ब्युँतने सपना नदेखे हुने बताएका छन् ।

महोत्तरीमा नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले भुलभुलैया, नाटक, तमासमा नपर्न नागरिकसँग आग्रह गर्दै सरकारलाई दन्तबजान गर्ने फुर्सद नरहेको बताए ।

उनले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताए। प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताए।

उनले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सिर्जना हुने बताए।

आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको बताए। उनले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077