Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सामन्ती प्रेतहरूले फेरि टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

सामन्ती प्रेतहरूले फेरि टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

बिहिवार , फाल्गुण २२, २०८१

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सामन्ती प्रेतहरूले टाउको उठाउन खोजि रहेको बताएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत महोत्तरीको सम्सीमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले नेपाली जनताको बलबाट हटाइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने बताए।

उनले नेपाली जनताले परास्त गरिसकेका तत्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको बताए।

अध्यक्ष प्रचण्डले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिए।

कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077