Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न २ बजे प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।

योसहित प्रधानमन्त्री ओली आज सुर्खेतमा विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् ।

उनले प्रदेशसभामा सम्बोधन गर्नुअघि मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुँदै छन् ।

त्यसपछि उनले मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन र सुर्खेत रङ्गशालाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077