Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

त्रिभुवन विश्वविद्यालयका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड

त्रिभुवन विश्वविद्यालयका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् ।

नेविसंघका कार्यकर्ताहरूले रेक्टर केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् । केसी कार्यकक्षबाहिर रहेका बेला तोडफोड भएको हो ।

कुर्सी, सोफा, टेबललगायतका सामान तोडफोड भएको छ । केन्द्रीय विभाग बनेपछि पनि शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले रेक्टर कार्यालयमा तोडफोड गरेका हुन् ।

त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै तालाबन्दी गरिएको थियो । तर, रेक्टरले समन्वय नै नगरी ताला तोड्न लगाएपछि तोडफोड गरिएको विद्यार्थीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077