Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जेलमा रहेका दीपक मनाङेको २० प्रतिशत कैद मिनाहा !

जेलमा रहेका दीपक मनाङेको २० प्रतिशत कैद मिनाहा !

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेलमा रहेका गण्डकी प्रदेशसभाका निलम्बित सांसद दीपक मनाङे (राजीव गुरुङ) को २० प्रतिशत सजाय छुट भएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले शुक्रबार मनाङेलाई २० प्रतिशत छुट दिएको हो ।

उनले माघ २९ गते साविक मुलुकी ऐनको दण्ड सजायको ४१ क नं. बमोजिम सुविधा पाऊँ भनी निवेदन दिएका थिए । पुरानो मुद्दा भएकाले साविक मुलुकी ऐनअन्तर्गत मनाङेले सजायमा छुट पाए । मनाङे कातिकमा राजधानीको सानोभर्याङबाट पक्राउ परेका थिए ।

सजाय छुटपश्चात अब मनाङेले १ वर्ष ४ महिना कैद भुक्तान गर्नुपर्नेछ । तत्कालीन गुण्डा नाइके मनाङेले अर्का गुण्डा नाइके चक्रे मिलनको हातै छिन्ने गरी तरबार प्रहार गरेका थिए । सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077