काठमाडौं । नारायणगढ सडक खण्डको दाउन्नेमा यात्रुबाहक बस र ट्रक ठोकिएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपरासी पूर्व दुम्कीबासका अनुसार गएराति बस र ट्रक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि सडक अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको हो ।
सवारी साधनको लाइन पूर्वतर्फ दुम्कीबासम्म छ । अहिले ठोक्किएका दुवै गाडी हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।