Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

आइतबार काठमाडौं फर्किंदै पूर्वराजा शाह, प्रधानमन्त्री ओली सुदूरपश्चिम जाने

आइतबार काठमाडौं फर्किंदै पूर्वराजा शाह, प्रधानमन्त्री ओली सुदूरपश्चिम जाने

शनिवार , फाल्गुण २४, २०८१

काठमाडौं । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कने भएका छन् । पोखरामा बसिरहेका उनी आइतबार विमानमार्फत काठमाडौँ फर्कन लागेका हुन् ।

उनको स्वागतका लागि ठूलो मास देखाउने तयारी समर्थकहरूले गरिरहेका छन् । योसँगै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न सुरक्षा निकायका तर्फबाट सुरक्षाकर्मीहरूको परिचालन गर्ने निर्णय गरेको छ ।

सुरक्षा योजना अनुसार, नेपाल प्रहरीले काठमाडौंमा ‘आवश्यक’ संख्यामा फौज परिचालन गर्नेछ । कुनै पनि प्रकारको हुलहुज्जत, गैरकानूनी वा सामाजिक मर्यादाविपरीतका कार्यहरूलाई रोक्नका लागि विभिन्न युनिटका प्रहरी तैनाथ हुने बताइएको छ ।

काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै विशेष सुरक्षा व्यवस्था गर्नेछ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली आइतबार नै सुदूपश्चिम प्रस्थान गर्नेछन् ।

उनी सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन लगायतका कार्यक्रममा सहभागी हुन त्यहाँ प्रस्थान गर्नेछन् । उनी बिहान सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुनेछन् । साथै दिउँसो धनगढीको सभागृहको उद्घाटन गर्ने कार्यकतालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077