उजेन्सी । शनिबार बिहानसम्म पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
यो घटना साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारहरूबीच युद्धविरामका लागि हुने वार्ताको केही दिन अगाडि भएको हो।
युक्रेनको डोनेट्स्क क्षेत्रको डोब्रोपिलियाको केन्द्रमा शुक्रबार राति भएको रूसी आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको देशको आपतकालीन सेवाले जनाएको छ ।
खार्किभ क्षेत्रका सैन्य प्रमुख ओलेग सिनेगुबोभले शनिबार बिहान बोगोदुखिभ सहरमा भएको ड्रोन हमलामा एक जनाको मृत्यु भएको र अन्य ७ जना घाइते भएको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध र शुल्क लगाउने धम्की दिएका बेला रातभर हवाई आक्रमण भएको हो।