Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पूर्वराजालाई रिजालको चेतावनी - राजतन्त्रसँगको लडाइँमा जनताले कहिल्यै हारेका छैनन्

पूर्वराजालाई रिजालको चेतावनी - राजतन्त्रसँगको लडाइँमा जनताले कहिल्यै हारेका छैनन्

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले गणतन्त्र पूर्वराजा ज्ञानेन्द्र शाहले स्वेच्छाले किस्तीमा राखेर नदिएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै रिजालले यस्तो बताएका हुन् । उनले जनताको बलिदानीपूर्ण संघर्षबाट गणतन्त्र आएको दाबी गरे ।

जनताको बलिदानीपूर्ण संघर्ष अगाडि घुँडा टेकेर नारायणहिटीबाट निस्केर गणतन्त्र कार्यान्वयन गर्न सघाएका कारण नै ज्ञानेन्द्र र उनको परिवारले देशभित्रै शान्तिपूर्ण रूपमा बस्न पाएको पनि उनले जिकिर गरे ।

उनले भने, 'गणतन्त्र ज्ञानेन्द्रले स्वेच्छाले किस्तीमा राखेर दिएका होइनन्। जनताको बलिदानीपूर्ण संघर्षका अगाडि घुँडा टेकेर नारायणहिटीबाट निस्केर गणतन्त्र कार्यान्वयन गर्न सघाएका कारण नै उनी र उनको परिवारले अरू नागरिक सरह देशभित्रै शान्तिपूर्ण रूपमा बस्न, व्यापार गर्न, घुमफिर गर्न, बोल्न आदि पाइरहेका छन्।'

राजतन्त्र र जनताबीचको लडाइँमा जनताले कहिल्यै नहारेको जिकिर गर्दै उनले बरू राजा र उनको परिवारले देशमै बस्न नपाएका धेरै घटना भेटिने बताए।

यस्तै रिजालले लेखेका छन्, 'राजतन्त्र र जनताबीचको लडाइँमा जनताले कहिल्यै हारेका छैनन् र हार्दैनन्। बरू राजा र उनको परिवार न बाँकी रहेको पाइन्छ न त आफ्नो देशमै बस्न पाएको भेटिन्छ। ज्ञानेन्द्रले त बुझेकै हुनुपर्छ, उनलाई उकासेर मरेको राजतन्त्रको पुच्छर समातेर राजनीतिको बैतरणी तर्न खोज्नेहरूले यति कुरा बुझिदिए ७८ वर्षका पूर्व राजालाई अनावश्यक सास्ती हुने थिएन।'

यस्तै यदि जनतासँग फेरि लड्नै चाहेको हो भने विश्वमा पतन भएका राजा र उनका परिवारको इतिहास एक पटक राम्ररी पढ्न रिजालले पूर्व राजा ज्ञानेन्द्रलाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077