Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुन्छ : प्रधानमन्त्री ओली

गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुन्छ : प्रधानमन्त्री ओली

आइतवार , फाल्गुण २५, २०८१

कञ्चनपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले गेट मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको बताए ।

डडेलधुराको परशुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको जनाउँदै उनले त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077