Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

९९ हजार घुस लिएका साइबर ब्यूरोका इन्सपेक्टरलाई सफाइ

९९ हजार घुस लिएका साइबर ब्यूरोका इन्सपेक्टरलाई सफाइ

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । मुद्दा मिलाइदिने भन्दै ९९ हजार रुपैयाँ घुस लिएका नेपाल प्रहरीका इन्सपेक्टरले सफाइ पाएका छन्।

साइबर ब्यूरोका तत्कालिन इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीले आइतबार बिशेष अदालतबाट सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजालसले उनलार्य सफाइ दिने फैसला गरेको हो।

ब्यूरोको मुद्दामा शाखामा कार्यरत रहेका बेला सुवेदीले बार्गेनिङ गरेर ९९ हजार लिएको प्रहरीको आन्तरिक अनुसन्धानमा खुलेको थियो।

सोही आधारमा प्रहरीले निलम्बन गरी थप कारबाहीका लागि फाइल अख्तियारमा बुझाएको थियो।

अख्तियारले घुस लिएको पुष्टि भएपछि गत २८ भदौमा मुद्दा दायर गरेको थियो। तर, सो मुद्दामा प्रमाण नपुगेको भन्दै सफाइको फैसला भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077