Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

नवौँ तहका डा. क्षेत्रीलाई सेवाबाट हटाउने तयारी, स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण

नवौँ तहका डा. क्षेत्रीलाई सेवाबाट हटाउने तयारी, स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौँ तह) डा. सन्तोष क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ ।

गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय उपस्थित भएपछि उनलाई मन्त्रालयले सेवाबाट हटाउने तयारीस्वरुप सार्वजनिक सूचना जारी गरेर दोस्रो पटक स्पष्टीकरण सोधेको हो ।

यसअघि गत फागुन १० मा उनलाई ७ दिने स्पष्टीकरण सोधिएको थियो । तर उनको स्पष्टीकरण सन्तोषजनक नभएकाले अहिले फेरि सेवाबाट किन नहटाउने भनी १५ दिनको समय दिएर अर्को स्पष्टीकरण सोधिएको हो ।

मन्त्रालयले सेवाबाट हटाउनु नपर्ने कुनै कारण भए सबुत प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077