Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

शाहीलाई काँक्रा चोरको संज्ञा दिँदै रिमालले भने - पोल खुल्ने डरले बियाँ अर्काको गालामा टाँस्छन्

शाहीलाई काँक्रा चोरको संज्ञा दिँदै रिमालले भने - पोल खुल्ने डरले बियाँ अर्काको गालामा टाँस्छन्

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई काँक्रा चोरको संज्ञा दिएका छन् ।

सचेतक शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीले नै राख्न निर्देशन दिएको दाबी गर्दै स्टाटस लेखेपछि रिमालले काउन्टर जवाफ फर्काएका हुन्।

रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, 'यी मानिस कति द्वीविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५-५ चोटी एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ। मलाई यस्ता नालायकहरूसँग सवाल/जवाफ गर्नु छैन। कसले कहाँ के गर्दैछ, समाचार त आएकै छ नि!'

सचेतक डिसइन्फरमेसनको सहारामा एक्कासी मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै भएको बताए।

शाहीले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा पूर्वराजाको स्वागतमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको आरोप लगाएका थिए ।

उनले प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नै उक्त फोटो राख्न लगाएको पाइएको बताए थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077