Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पूर्वराजाका गतिविधिविरुद्ध प्रतिरोध जुलुस निकाल्ने माओवादीको निर्णय

पूर्वराजाका गतिविधिविरुद्ध प्रतिरोध जुलुस निकाल्ने माओवादीको निर्णय

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले गणतन्त्र र संविधान रक्षाका लागि प्रतिरोध जुलुस निकाल्ने निर्णय गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।

बैठकले पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियताले देशको परिस्थिति गम्भीर रहेको निष्कर्ष निकालेको छ ।

प्रतिगामी शक्तिको प्रतिरोधमा काउन्टर जुलुस निकाल्ने निर्णय भएको छ ।

पार्टी तराईं मधेश जागरण अभियानमा केन्द्रित हुँदा काठमाडौंका सडक खाली भएकाले राजावादीहरूले मौका पाएको माओवादीको निष्कर्ष छ ।

आन्दोलनबारे छलफल गर्नको लागि आज समाजवादी मोर्चाको बैठक अपरान्ह ४ बजे प्रचण्डले सिंहदरबारमा डाकेका छन् ।

भोलि बस्ने पदाधिकारी बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077