Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

काठमाडौं महानगरलाई राप्रपाले बुझायो एक लाख जरिवाना

काठमाडौं महानगरलाई राप्रपाले बुझायो एक लाख जरिवाना

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले तोकेको एक लाख जरिवाना वापतको रकम राप्रपाले महानगरलाई बुझाएको हो ।

संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना वापतको रकम बुझाए ।

पूर्वराजाको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरले राप्रपालाई जरिवाना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077