Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रवि लामिछाने रुपन्देही अदालतमा हाजिर, अर्को तारेख २३ वैशाखमा

रवि लामिछाने रुपन्देही अदालतमा हाजिर, अर्को तारेख २३ वैशाखमा

सोमवार , फाल्गुण २६, २०८१

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले २३ वैशाखमा अर्को तारेख दिएको छ ।

बुटबलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा एक करोड धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछानेलाई रुपन्देही जिल्ला अदालतले २३ वैशाखमा अर्को तारेख दिएको हो ।

लामिछाने पहिलो तारेख बुझ्न आज रुपन्देही जिल्ला अदालत पुगेका थिए।

जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रूपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो ।

सो मुद्दामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १३ माघमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिएको भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077