Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

गणतन्त्रवादीको मुटु हल्लियो, अब राजालाई चाँडै राजगद्दीमा राख्छौं : धवल शम्शेर राणा

गणतन्त्रवादीको मुटु हल्लियो, अब राजालाई चाँडै राजगद्दीमा राख्छौं : धवल शम्शेर राणा

सोमवार , फाल्गुण २६, २०८१

सुर्खेत । राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा राख्ने बताएका छन् ।

राप्रपाले सोमबार सुर्खेतमा आयोजना गरेको मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली जनताले राजालाई विमानस्थलबाट निर्मल निवास पुर्‍याएपछि गणतन्त्रवादीको मुटु हल्लिएको बताए ।

'राजालाई जनताले काठमाडौं एयरपोर्टबाट निर्मल निवास लगेको देखेपछि गणतन्त्रवादी, संघीयतावादी र धर्मनिरपेक्षतावादीहरुको मुटु हल्लिएको छ । अब राजालाई राजगद्दीमा फर्काउने धेरै समय छैन,' उनले भने ।

चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनले गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने दाबी गर्दै राणाले एक महिनाको समयमा योजना बनाएर अघि बढ्ने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077