Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन : कमल थापा

सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन : कमल थापा

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हालको लोकतन्त्रको नाममा रहेको ‘छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्र’ को अन्त्य गर्दै मर्यादित र जवाफदेही लोकतन्त्रको स्थापना आवश्यक रहेको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्रको विकल्प राजतन्त्र नभएको बताए ।

उनले लेखेका छन्, 'जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेका होइनन्, तर वर्तमान लोकतान्त्रिक प्रणालीमा व्याप्त छाडातन्त्र, सिण्डिकेटतन्त्र, र लुटतन्त्रको विकल्प खोजेका हुन्। जनताले मर्यादित र जवाफदेही लोकतन्त्र चाहेका छन्, जसको लागि राजासहितको प्रजातन्त्र उत्तम विकल्प हुन सक्छ ।'

थापाले बेलायत, जापान, नर्वे जस्ता मुलुकहरूलाई उदाहरण दिँदै राजासहितको लोकतन्त्र विश्वमै सर्वाधिक सफल राजनीतिक प्रणाली रहेको उल्लेख गरे। उनका अनुसार, यी मुलुकहरूमा राजसंस्थासँगै स्थिर, सुदृढ, र जवाफदेही लोकतन्त्रको अभ्यास हुँदै आएको छ।

राप्रपा नेपालका अध्यक्ष थापाले सच्चा लोकतन्त्रवादीहरूलाई राजा आउँदैमा आत्तिनु नपर्ने भन्दै, 'जनताको चाहना राजासहितको प्रजातन्त्र हो, त्यसलाई वेवास्ता गर्न सकिँदैन' भनेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077