धनगढी । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका-१३ स्थित प्रादेशिक आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।
उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताए।
गृहमन्त्री लेखकले काठमाडौंमा रहेको आपतकालिन गोदामघरलाई केन्द्रीय आपतकालिन गोदामघरको रुपमा विकास गर्ने सरकारी योजना रहेको बताए।
उनले वैदेशिक सहयोगबाट प्राप्त सामाग्री तथा सरकारले खरिद गरेरै प्रदेशमा रहेका आपतकालिन गोदामघरमा आवश्यक विपद् सामाग्री उपलब्ध गराइने बताए।
सरकारले प्रदेशलाई हस्तान्तरण गरिएका आपतकालिन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अब प्रदेश सरकार भएको उनले बताए।