Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भने - राजावादीहरु सडकबाटै राजतन्त्र पुनःस्थापनाको चुनौती दिन थाले

माओवादी अध्यक्ष प्रचण्डले भने - राजावादीहरु सडकबाटै राजतन्त्र पुनःस्थापनाको चुनौती दिन थाले

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजावादीको चहलपहल बढ्नुमा सरकारकै हात रहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको उनले दाबी गरे।

वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएको अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले भने,‘सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन् । राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्।’

यस्ता चलखेल आजमात्रै नभएको भन्दै अहिले किन बढ्यो भन्ने प्रश्न मुख्य भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077