Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

राप्रपा सांसद कार्कीको चेतावनी - २५ गतेको भिड ‘ट्रायल’ मात्रै हो, लुक्ने ठाउँ खोज्दै गर्नू

राप्रपा सांसद कार्कीको चेतावनी - २५ गतेको भिड ‘ट्रायल’ मात्रै हो, लुक्ने ठाउँ खोज्दै गर्नू

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सांसद रोशन कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताएकी छिन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने क्रममा सांसद कार्कीले सो कुरा बताएकी हुन् । उनले अरु ७३ जिल्लाका मान्छे यसैगरी उत्रिएको खण्डमा गणतन्त्रका नेताहरूलाई लुक्ने ठाउँ समेत नहुने बताइन्।

सांसद कार्कीले भनिन्,‘एक जना मित्रले के भन्नुभयो भने राजाको जयजयकार गरेको र नेताहरू जिल्लामा जाँदा मुर्दावाद भनेको उहाँले सुन्नुभएको थिएन होला । मित्र यो त ट्रायल मात्रै हो । अरु जिल्लाका मान्छे थपिए, अर ७३ जिल्लाका मान्छे थपिए भने त्यो देखेर नआत्तिनुहोला। लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला ।’

उनले त्यतिबेला लुक्ने ठाउँ अहिले नै खोजेर बस्न समेत आग्रह गरिन्। वर्तमान सरकारको नालायकीका कारण २५ गतेको भिड जन्मिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077