Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविराम गर्ने सहमति

युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविराम गर्ने सहमति

बुधवार , फाल्गुण २८, २०८१

एजेन्सी । युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको सहमति भएको छ ।

साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच भएको उच्चस्तरीय वार्तामा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः शुरू गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने बताएपछि युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको हो ।

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावमा युक्रेनले सहमति जनाएको र रुसले पनि समर्थन गर्ने अपेक्षा गरेको बताए ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने भन्दै आपसी समझदारीका लागि पहल गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077