Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

राप्रपा सांसद विना लामाको प्रश्न - राजसंस्था पक्षधरको धक्काले हो मन्त्री गायब भएको ?

राप्रपा सांसद विना लामाको प्रश्न - राजसंस्था पक्षधरको धक्काले हो मन्त्री गायब भएको ?

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद विना लामाले राजसंस्थाको धक्काले मन्त्रीहरू संसदबाट भागेका हुन् ? भन्दै प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले सो कुरा बताएकी हुन् ।

सांसद लामाले भनिन्,‘राजसंस्था पक्षधरको एक धक्काले हो कि मन्त्रीहरू गायब भएको ? तर आउनु भयो उहाँहरूलाई स्वागत छ तर जिम्मेवार बन्न सुझाव दिन चाहन्छु ।’

सांसद लामाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानीकरण अनुदान वितरणको मापदण्ड आधार र यथार्थ नबनाई पक्षधरताको आधारमा बाँडफाँड गरेको बुझिएको भन्दै आयोगको स्वीकृति विना युएसएआडीको रकम दुरुपयोग भएको भन्दै त्यसको छानबिन गर्न माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077