Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

भारतसँग नयाँ बिजुली विनिमय दर लागू हुन नसक्दा समस्या, आजबाट दिउँसो मात्रै बिजुली आउने

भारतसँग नयाँ बिजुली विनिमय दर लागू हुन नसक्दा समस्या, आजबाट दिउँसो मात्रै बिजुली आउने

शनिवार , चैत्र १, २०८१

काठमाडौं । छिमेकी भारतले आइतबारबाट दिउँसो १२ घण्टा मात्र बिजुली दिने भएको छ ।

भारतसँग नयाँ बिजुली विनिमय दर लागू हुन नसक्दा भारतबाट साँझ र रातिको समयमा बिजुली आयात बन्द हुन लागेको हो ।

मुलुकमा बिजुलीको उच्च माग हुने साँझ र रातको समयमा भारतको बिजुली आउने छैन। भारतबाट बिजुली नआउँदा रातको समयमा सञ्चालन हुने उद्योग–कारखानामा प्रत्यक्ष असर पर्नेछ।

नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयबीच विवादका कारण अप्रिलबाट नेपाल आयात हुने बिजुलीको दर स्वीकृत हुन सकेको छैन। यसका लागि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक पनि पुसदेखि बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077