एजेन्सी । तिब्बत र आन्ध्र महासागरमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान करिब १ बजे तिब्बतमा ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो ।
बिहीबार पनि तिब्बतमा दिनभरि ३.५ देखि ४.३ म्याग्निच्युडका तीनवटा भूकम्प गएका थिए । यस्तै आज बिहान ५ः१५ बजेतिर आन्ध्र महासागरमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
जसले दक्षिण जर्जिया र दक्षिण स्यान्डविच टापुहरूमा जमिन हल्लिएको बताइएको छ । जनवरीमा तिब्बतमा गएको भूकम्पले निम्त्याएको विनाशपछि, हरेक दिन परकम्पहरू महसुस भइरहेका छन् ।