Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको चेतावनी

कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको चेतावनी

शनिवार , चैत्र १, २०८१

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् ।

शुक्रबार रूसी सुरक्षा परिषदका सदस्यहरूसँगको भर्चुअल बैठकमा पुटिनले यस्तो चेतावनी दिएका हुन् ।

उनले कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले सर्वसाधारणविरूद्ध अपराध गरेको तर अमेरिकी राष्ट्रपति ट्रम्पले उनीहरुको जीवन रक्षाको अपिल उनीहरूले आत्मसमर्पण गरेको अवस्थामा स्वीकार हुने बताएका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै आफूले पुटिनलाई कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सेनाहरुलाई जीवनदान दिन भनेको बताएका थिए।

पुटिन आफै केहि दिनअघि कुर्स्क क्षेत्रमा पुगेका थिए। त्यहाँ पुगेर उनले आफ्ना सैनिकहरूलाई त्यस क्षेत्रलाई तत्काल खाली गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077