Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

चेतनाको थलो हुनुपर्ने क्याम्पस आज रणमैदान बनिरहेका छन् : स्वर्णिम वाग्ले

चेतनाको थलो हुनुपर्ने क्याम्पस आज रणमैदान बनिरहेका छन् : स्वर्णिम वाग्ले

आइतवार , चैत्र २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले चेतनाको थलो हुनुपर्ने क्याम्पस आज रणमैदान बनिरहेबो बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनलाई लक्षित गर्दै उपसभापति वाग्लेले सो कुरा बताएका हुन् ।

उनले अहिले विश्वविद्यालयहरूमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको ढाँचा फेर्नुपर्ने खाँचो औंल्याए।

उपसभापति वाग्लेले गत केही हप्तादेखि नेपालका हजारभन्दा बढी क्याम्पसहरूमा स्ववियु निर्वाचनको नाममा ताण्डव देखिएको बताए।

उनले क्याम्पसमा हुने यस प्रकारका गतिविधिले विद्यार्थी पलायनलाई बढाएको पनि बताए।

क्याम्पसहरू चेतनाको थलो हुनुपर्नेमा आज रणमैदान बनेको उनले टिप्पणी गरे । उनले हाम्रा विश्वविद्यालयहरू स्वायत्त हुनुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077