Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

मैले नै वार्ता गरेर पूर्वराजालाई निवास र सुरक्षा दिएको हो : कृष्णप्रसाद सिटौला

मैले नै वार्ता गरेर पूर्वराजालाई निवास र सुरक्षा दिएको हो : कृष्णप्रसाद सिटौला

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौलाले पूर्वराजाले जनता भड्काउने काम गरेको आरोप लगाएका छन्।

राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सिटौलाले सो कुरा बताएका हुन् । उनले ‘राजा आउँछ’ भन्ने भ्रम दिएर पूर्वराजा ज्ञानेन्द्र शाहले जनता भड्काउने काम गरेको आरोप लगाए ।

फेरि शासन सत्तामा फर्किने रहर भए ‘राजनीतिक खेलाडीको रूपमा आएँ’ भनेर जनतासँग भन्न ज्ञानेन्द्रलाई सिटौलाले सुझाव दिए ।

सिटौलाले भने,‘स्वयं म आफैं प्रधामनन्त्रीको प्रतिनिधिको रूपमा एक घण्टा वार्ता गरेर ज्ञानेन्द्रलाई बडो सम्मानका साथ निवास र सुरक्षा प्रबन्ध हुन्छ भनेर ज्ञारेन्टी गरेको हो । अहिले आएर मैले केही गर्छु भनेर गाडीमा उभिएर हिँड्न खोज्नु शोभनिय विषय भएन, राजाले सम्मान ग्रहण गरिराख्नु उचित हुन्छ ।’

सिटौलाले राजनीति नै गर्ने भए जनतासँग आफ्नो नीति कार्यक्रम लिएर आउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077