काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।
मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो ।
अघिल्लो दिन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १० ग्राम छापावाल सुनकै मूल्य १ लाख ५० हजार ८९० रुपैयाँ कायम भएको छ ।
चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेको छ ।