Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

आम जनता पार्टीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

आम जनता पार्टीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ।

आम जनता पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको पदाधिकारी बैठकलेप्रधानमन्त्री ओलीलाई राजीनामा दिएर अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त आग्रह गरेको हो।

प्रधानमन्त्रीसहित बहुमत मन्त्रीहरु कार्यसम्पादन मुल्यांकनमा फेल भएको र सरकार जनस्तरबाट अस्वीकृत एवं असफल भएकोले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आजपाको निष्कर्ष छ ।

बैठक पश्चात आजपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मूल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, सरकार आफैं जनस्तरबाट अस्वीकृत भएको र सेवा प्रवाह, सुशासन एवं विकासका कामहरु गतिहीन भएकोले गर्दा हरेक हिसाबले कमजोर एवं असफल सिद्ध भइसकेको सरकार तथा वर्तमान व्यवस्थाबाट ठोस निकास सम्भव नरहेको ठहर सहित प्रधानमन्त्रीलाई तत्काल नैतिकताको आधारमा राजीनामा गरी अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सरकारसँग माग गरेको छ ।’

वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मुल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, ओली नेतृत्वको सरकार आफै जनस्तरबाट अस्वीकृत भएको निष्कर्ष निकाल्दै आजपाले अन्तरिम सरकार गठनको माग गरेको हो ।

बैठकले पार्टी सदस्यता वितरण, पार्टी कमिटी तथा जबस कमिटीहरुको गठन, पुनर्गठन, बैठक एवं भेलाहरुलाई युद्धस्तरमा अगाडी बढाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077