Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तोलामा एक हजार रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

तोलामा एक हजार रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा कारोबार भएको थियो। बिहीबारको उक्त मूल्य हालसम्मकै उच्च हो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला दुई हजार ३० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077