Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

भ्रष्टाचारमा लिप्त मान्छेलाई नै ऊर्जामन्त्री बनाइएको छ : प्रचण्ड

भ्रष्टाचारमा लिप्त मान्छेलाई नै ऊर्जामन्त्री बनाइएको छ : प्रचण्ड

शनिवार , चैत्र ८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई अहिलेको सरकारले ऊर्जामन्त्री बनाएको बताएका छन् ।

चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ऊर्जामन्त्री दीपक खड्कालाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको जिम्मेवारीमा नेपाली कांग्रेसका नेता दीपक खड्का छन् ।

अध्यक्ष प्रचण्डले भने,‘राष्ट्रपतिले स्वास्थ्यमन्त्रीमा स्वास्थ्यसम्बन्धी ज्ञान भएकोे मान्छेलाई बनाउन पाउनुपर्‍यो । शिक्षामन्त्री शिक्षासम्बन्धी राम्रोे ज्ञान भएको मान्छेलाई बनाउन पाउनुपर्‍यो । अहिले त भएको के छ ? मन्त्रीका अनुहारहरू हेनुैभयो भने, जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ । अझै लुट भनेर ।’

अहिलेको सरकारले राम्रो काम गर्नेलाई भने चिथोर्ने काम गरेको प्रचण्डको भनाइ छ ।

उनले यस्तो अवस्था अन्त्य हुनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077