Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

देव गुरुङ भन्छन् - देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भयो

देव गुरुङ भन्छन् - देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भयो

शनिवार , चैत्र ८, २०८१

गोरखा । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको बताएका छन् ।

तमु मुक्तिमोर्चा गोरखाको छैटौं जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा राजतन्त्र फर्काउने बाहानामा चलखेल र षडयन्त्र भइरहेको जिकिर गरे।

“प्रतिगामी शक्तिहरूले उचाल्ने, पर्छाने र राष्ट्रिय राजनीतिमा अस्थिरता सृजना गर्न खोजिरहेका छन्। अब देशमा गणतन्त्रको विकल्प छैन”, महासचिव गुरुङले भने, “यो अवस्थालाई ध्यानमा राखेर प्रतिगमनको विरोध र भण्डाफोर गर्नुपर्छ।’’

उनले कुनै सरकार वा व्यक्ति असफल भएमा त्यसको विकल्प अर्को पार्टी र व्यक्ति हुने भन्दै राजसंस्था कुनै पनि अवस्थामा विकल्प हुने नसक्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077