Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

कांग्रेस कार्यसम्पादन समिति बैठक आज

कांग्रेस कार्यसम्पादन समिति बैठक आज

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

यही चैत्र ५ गते मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठकले आजका लागि बैठक बोलाएको थियो । सोही अनुसार आज कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

बैठकमा गणतन्त्रविरुद्ध पूर्वराजालाई अघि सारेर भएका प्रदर्शन, गणतन्त्रवादीको भूमिकासहितका समसामयिक एजेण्डा छलफल हुने बताइएको छ ।

बैठकमा पार्टीको पेसागत तथा बुद्धिजीवि विभागले बुझाएको प्रतिवेदनपछि उठेका प्रश्नका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077