Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

राष्ट्रिय सभाबाट सुशासन सम्बन्धी विधेयक पारित

राष्ट्रिय सभाबाट सुशासन सम्बन्धी विधेयक पारित

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ राष्ट्रिय सभाबाट पारित भएको छ ।

प्रतिनिधि सभाको बैठकले विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै बहुमतले पारित गरेको हो।

बैठकमा यसअघि प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१ माथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो । विधेयकमाथि संशोधन हाल्न चाहाने सांसदहरूले ७२ घण्टाभित्र संघीय संसद् सचिवालयमा ७२ घण्टाभित्र संशोधन हाल्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077