Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अस्कलमा अनेरास्ववियुका पोखरेलको प्यानलै निर्वाचित

अस्कलमा अनेरास्ववियुका पोखरेलको प्यानलै निर्वाचित

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।

त्रिविको आंगिकमध्येको अस्कल क्याम्पसमा आइतबार विद्युतीय उपकरणमार्फत् भएको मतदानमा अनेरास्ववियुका रुद्रहरि पोखरेलको प्यानल नै निर्वाचित भएको हो ।

स्ववियु अध्यक्षमा पोखरेलले माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका विश्राम शर्मा पौडेललाई ३२६ मतान्तरले पराजित गरेका हुन्।

त्यस्तै सचिवमा गोपालबहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला निर्वाचित भएका छन्।

कूल १९४८ मतदाता रहेको अस्कल क्याम्पसमा १२९१ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077