Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

दाङको प्लाई उद्योगमा ५ घण्टादेखि आगलागी, अझै नियन्त्रणमा आएन

दाङको प्लाई उद्योगमा ५ घण्टादेखि आगलागी, अझै नियन्त्रणमा आएन

सोमवार , चैत्र १०, २०८१

दाङ । दाङको घोराही उपमहानगरपालिका ९ खैरामा रहेको प्लाइ उद्योगमा आगगाली भएको छ ।

खैरामा रहेको सांग्रीला प्लाइ उद्योगमा गए राति करिब २ बजेदेखि विद्युत सट भएर आगलागी भएको हो ।

आगलागीका कारण प्लाइ बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, मेसिनलगायतका सामग्री जलेर नस्ट भएको उद्योगले जनाएको छ । आगलागी अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । थप विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077