Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले आज बिहान कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी र गण्डकी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा अहिले मेघगर्जन /चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

देशका बाँकी भूभागको मौसम भने मूख्यतया सफा रहेको छ । आज दिउँसो पनि कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमते सम्भावना रहेको महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077