Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

जनमत र नाउपाको कार्यदलको पहिलो बैठक बस्यो, चुनाव चिन्ह ढकिया राख्ने

जनमत र नाउपाको कार्यदलको पहिलो बैठक बस्यो, चुनाव चिन्ह ढकिया राख्ने

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले पार्टी एकीकरणको लागी गठन गरेको कार्यदलको पहिलो बैठक बसेको छ ।

पार्टी एकताको लागि दुवै पक्ष सहमति भएर एकीकरणको लागि गठन भएको कार्यदलले प्रक्रिया थालेको हो।

पार्टी अध्यक्ष, संरक्षक, सह अध्यक्ष, चुनाव चिह्न, छाप लगायतमा मोटामोटी सहमतिउन्मुख भएको बताइएको छ।  एक साताभित्रै धेरै कुरा टुंगिने गरी छलफल प्रारम्भ भएको छ ।

दुई दलको एकीकरणका लागि जनमत पार्टी तर्फबाट अब्दुल खान, डा.शरद सिंह यादव र बाल गोविन्द चौधरी रहेको कार्यदल बनाएको छ ।

नागरिक उन्मुक्ति पार्टी तर्फबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डगौरा थारु रहेको कार्यदल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077