Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

गोर्खाज फाइनान्समाथि कारबाही गर्ने राष्ट्र बैंकको तयारी

गोर्खाज फाइनान्समाथि कारबाही गर्ने राष्ट्र बैंकको तयारी

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । गोर्खाज फाइनान्समाथि नेपाल राष्ट्र बैंकले कारबाहीको तयारी गरेको छ।

कर्जा प्रवाहमा व्यापक अनियमितताको प्रमाण भेटिएपछि कारबाही हुन लागेको हो। कारबाहीका लागि राष्ट्र बैंकले सो फाइनान्सको सिइओ नियुक्ति समेत रद्द गरेको छ।

आइतबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र इवाहाङलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो।

तर, आइतबार साँझ नै अर्को बैठक बसेर सो नियुक्ति रद्द गरिएको छ । राष्ट्र बैंककै निर्देशनमा नियुक्ति रद्द भएको हो ।

हाल सो फाइनान्समाथि राष्ट्र बैंकले छानबिन गरिरहेको छ। छानबिनको क्रममा इवाहाङ समेतको मिलेमतोमा विगतमा अनियमितता भएको भेटिएपछि उनको नियुक्ति एकै दिनमा रद्द भएको हो।

सो फाइनान्समा चार महिनादेखि सिइओ पद रिक्त छ। गत पुसमा प्रकाशचन्द्र अधिकारीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेपनि बोर्डमा विवाद भएपछि उनले सो नियुक्ति अस्वीकार गरेका थिए।

बोर्डको अत्याधिक हस्तक्षेपका कारण फाइनान्सको वित्तिय अवस्था कमजोर हुँदै गएको छ।

फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी छन् भने सदस्यहरूमा कल्पना खापुङ, युवराज राई, नरेन्द्र कुमार अग्रवाल र निलम बोहरा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077