Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

नेपालमा लोडसेडिङ पूर्ण रुपमा अन्त्य भएको कुलमान घिसिङको दाबी

नेपालमा लोडसेडिङ पूर्ण रुपमा अन्त्य भएको कुलमान घिसिङको दाबी

सोमवार , चैत्र १०, २०८१

मकवानपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य भएको दाबी गरेका छन् ।

सोमबार मकवानपुरको राक्सिराङ गाउँपालिका–५ खैराङमा पूर्ण वडा विद्युतीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् ।

उनले लोडसेडिङ अन्त्य हुनुमा आफ्नो मात्रै हात नभएर सरकारको पहलबाट सफल भएको बताए ।

उनले आफू विद्युत प्राधिकरणमा आएपछि विद्युत नपुगेका गाउँहरुमा पनि विद्युत पुर्याएको र लोडसेडिङको पूर्ण अन्त्य गरेको बताए ।

आफूले सही बाटोमा लागेर काम गरेको र त्यसमा सरकारले सहयोग गरेकै कारण विद्युतीय क्षेत्रमा उपलब्धिमुलक काम गर्न सकिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077