Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

कुलमानलाई हटाएपछि रविको सांकेतिक विरोध : बत्ती निभाए, मैनबत्ती बाले !

कुलमानलाई हटाएपछि रविको सांकेतिक विरोध : बत्ती निभाए, मैनबत्ती बाले !

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि सांकेतिक विरोध गरेका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो । निर्णयपछि सामाजिक सञ्जाल फेसबुकमा लाइभ बस्दै बत्ती निभाएर मैनबत्ती बालेर मौन बसेर लाइभ बन्द गरेका हुन् ।

उनले 'कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्' भन्दै पोष्ट पनि गरेका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट बर्खास्त गरेपछि सरकारको चर्को आलोचना हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077