काठमाडौँ । उर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरेपछि उर्जामन्त्री खड्काको पुत्ला दहन गरिएको हो ।
आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरे । घिसिङमाथि गरिएको कारबाहीप्रति चौतर्फी विरोध भइरहेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ।