Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ।

गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

सोमबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077